अपराध गरेर भाग्नेहरु अब तत्काल समातिने !

rfid-enabled-embossed-number-plate-reader-gate

४ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा बेला-बेलामा हत्या र अपराधका घटना हुने गरेका छन् । अपराधीको पहिचान हुने कुनै प्रविधि नहुँदा घटनामा संलग्न हुनेहरु लामो समय प्रहरीको आँखाबाट जोगिन सफल हुँदै आएका छन् ।   तर, अब त्यो इतिहास बन्ने क्रममा छ । सरकारले छिट्टै उपत्यकाका पाँच नाकामा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन’ (आरएफआईडी) प्रणाली जडान गर्दैछ […]

नागढुंगा सुरुङमार्गका लागि सरकारले थाल्यो जग्गा अधिग्रहण

tunnels

२२ कात्तिक, काठमाडौं । सरकारले नौबिसेको सिस्नेखोला र काठमाडौंको सतुंगल नजिकको बस्नेतछाप जोड्ने सुरुङमार्गको निर्माणमा लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरुङमार्गको ‘एक्सेस रोड’को लागि साविकको महादेशस्थान, दहचोक, बलम्बुर थानकोट गाविसभित्र पर्ने जग्गा अधिग्रहणका लागि सार्वजनिक सूचना गरेको छ । सडक विभागले सुरुङमार्ग अन्तर्गत पूर्वी सडक निर्माणका लागि […]

विदेशी एयरलाइन्सलाई फाइदा पुग्ने सम्झौता यसकारण रोकियो

Ministry-of-Tourism

१२ कात्तिक, काठमाडौं । भारतसँग गत वर्ष पुसमा भएको कोड सम्झौता एक वर्ष बित्नैलाग्दा पनि अनुमोदन हुन सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनुमोदनका लागि मन्त्रिपरिषदमा लैजान सकेको छैन । उक्त सम्झौताबाट तत्काल नेपाललाई केही फाइदा पुग्दैन । नेपाल वायुसेवा निगमसँग अन्य विदेशी एयरलाइन्सले कोड सेयरिङ गर्ने सम्भावना छैन । किनकि, नेपाल […]

विश्वशान्तिका लागि दक्षिण एशियाली मुस्लिम सम्मेलन

Muslims-in-India

नेपालगन्ज, १२ कात्तिक (रासस) ः विश्वशान्तिको कामना गर्दै दाउते इस्लामी नेपालको आयोजनामा नेपालगञ्जमा दक्षिण एशियाली मुस्लिम धार्मिक सम्मेलन यहाँ शुरु भएको छ । विश्वमा बढ्दै गइरहेको बेरोजगारी, अमानवीय कार्य र अशान्तिविरुद्ध धार्मिक चिन्तनद्वारा विश्वमा भाइचारा, अमनचयन र शान्ति कायम गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको जनाइएको छ । सम्मेलनको दाउते इस्लामीका केन्द्रीय अध्यक्ष हाजी मौलाना इमरान […]

रोल्पा– दिल्ली बस सेवा शुरु

Kaligandai-corridor

रोल्पा, ३० असोज (रासस) ः रोल्पा सदरमुकाम लिवाङबाट भारतको नयाँ दिल्लीका लागि सिधा बस सेवा शुरु भएको छ । यातायात प्रदायक संस्था रोल्पा यातायात प्रालिले सो सेवा शुरु गरेको हो । सेवा शुरु भएसँगै भारत जाने रोल्पालीलाई निकै सुविधा हुने भएको छ । हरेक हप्ताको बुधबार रोल्पा लिवाङ, प्यूठान, भालुवाङ, नेपालगञ्ज हँुदै भारतको नयाँ दिल्लीका […]

अन्तुमा पर्यटकको चहलपहल बढ्यो

Tea-Garden-msp8tklevf2nlow9zzlqe4xgp19gi03dj2oi6knci0

इलाम, २० असोज (रासस) ः सूर्योदय दृष्यावलोकनका लागि नेपालकै उत्कृष्ट स्थान मानिएको पूर्वी इलामको अन्तुमा मौसम खुलेसँगै पर्यटक आवागमन शुरु भएको छ । मौसममा सुधार आएपछि आन्तरिक र बाह्य पर्यटक आउने क्रम शुरु भएको हो । सूर्योदय, सूर्यास्त, हिमशृङ्खला तथा नेपाल र भारतका थुप्रै स्थानलाई आँखै अघिनै नियाल्न सकिने अन्तु क्षेत्र प्राचीन लेप्चा जातिको लोपोन्मुख […]

धर्म र पर्यटनलाई जोड्दै तालबाराही मन्दिर

talbarahi

१७ असोज,विश्वमै पर्यटकीय नगरीका रुपमा ख्याति कमाएको पोखरामा पुग्ने जो कोही पर्यटकले घुम्न नछुटाउने धार्मिक पर्यटकीय तीर्थस्थल हो तालबाराही मन्दिर । माछापुच्छ्रे हिमालको छाया देखिने फेवा तालको बीच भागमा रहेको सानो टापुमाथि प्यागोडा शैलीको मन्दिर अवस्थित छ र यसलाई प्राचीनकालदेखि तालबाराही मन्दिरका रुपमा पुजिँदै आइएको छ । तालको बीचमा रहेका कारण तालबाराही हुन गएको सहजै […]

हवाई टिकट र देश विदेश भ्रमणको लागि एभेरेष्ट क्राउन टुर्स एण्ड ट्राभल्स् सबैको पहिलो रोजाई बन्दै

21697870_1602232943140703_1778149558_n

२६ भदौ, काठमाडौं । नेपाल पर्यटकीय सम्भावनायुक्त देश हो। नेपालले अनगीन्ती हिमालहरु बेच्न सक्छ। प्रकृती र सुन्दरता बेच्न सक्छ र मनग्य आयआर्जन गर्न सक्छ। नेपालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान,भ्रमण र पदयात्रा गराउने कम्पनी थुपै खुलेका छन्। खुलेका मध्य नेपाली पर्यटन बजारमा कोही टिक्छन्,कोही टिक्दैनन्।एक वर्ष अगाडी खोलीएको एभेरेष्ट क्राउन टुर्स एण्ड ट्राभल्स् भने नेपालमा नै नयाँ […]

पर्यटन पत्रकार संघमा भण्डारी निर्वाचित

1225748452Jat-election

काठमाडौँ,२६ भदौ । पर्यटन पत्रकार संघ (जाट) नेपालको अध्यक्षमा नारायण भण्डारी निर्विरोध निर्वाचित हुुनुभएको छ । संघको आज भएको सातौँ वार्षिक साधारण सभाले भण्डारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । संघको प्रथम उपाध्यक्षमा शिव श्रेष्ठ, द्वितीय उपाध्यक्षमा शेखर अधिकारी, महासचिवमा हरिशरण न्यौपाने, सचिवमा कुमार चौलागाईँ र कोषाध्यक्षमा राजीव जोशी निर्वाचित हुनुभएको छ […]

पर्यटकीय सम्भावनायुक्त स्वर्गाश्रम ओझेलमा

sworgashram

४ भदौ, म्याग्दी । प्रशस्त सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका– ३ स्थित स्वर्गाश्रम ओझेलमा परेको छ । पूर्वाधार र प्रचारप्रसारको कमीले धार्मिक तथा पर्यटकीय हिसाबले सम्भावनायुक्त स्वर्गाश्रम ओझेलमा परेको हो । समुन्द्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा अवस्थित स्वर्गाश्रम रमणीय दृष्यावलोकनका लागि उत्कृष्ट गन्तव्य बन्नसक्ने सम्भावना छ यहाँबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि, गुर्जा, माछापुच्छ्रे, मानापाथीलगायत […]