ठमेल पर्यटन विकास परिषद को कार्यवाहक अध्यक्ष गुरुङ

ठमेल पर्यटन विकास परिषद को कार्यवाहक अध्यक्षमा व्यवसायी समीर गुरुङ चुनिएका छन्। गुरुङ यसअघि परिषद्को वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । परिषद्कोसम्पन्न विशेष साधारण सभाले गुरुङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो । परिषद्का अध्यक्ष रामशरण थपलियालाई भेलाले हटाई कार्यवाहक अध्यक्षका रुपमा गुरुङलाई चयन गरिएको व्यवसायीहरुले बताएका छन् । केही दिनदेखि परिषद्मा नेतृत्वको कार्यशैली ठिक नभएको भन्दै विरोध […]

फोहर व्यवस्थापनको जिम्मा पर्यटन विकास समितिले

नगरकोटको पर्यटकीय क्षेत्रका फोहर व्यवस्थापनको जिम्मा नगरकोट नाल्दुम पर्यटन विकास समितिले पाएको छ। नगरपालिका र समितिबीच फोहर व्यवस्थापनको सम्झौता भएपछि नगरकोटको पर्यटकीय क्षेत्रको फोहर व्यवस्थापन समितिले गर्न सुरु गरेको समितिका अध्यक्ष दीपक लामिछानेले जानकारी दिए। सफा र सुरक्षित नगरकोट नारा दिएर समितिले नगरकोट आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि फोहर फाल्न विभिन्न ठाउँमा बाकस तथा […]

अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटनबारे सकारात्मक सन्देश

राष्ट्रिय पर्यटन पत्रकार सङ्घ (नाटोज)ले यहाँ आयोजना गरेको पर्यटनका लागि आगामी कार्ययोजनाबारे साक्षात्कारका वक्ताले अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटनबारे सकारात्मक सन्देश प्रवाहका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई प्रयोग गरिनुपर्ने धारणा राखे। पर्यटन विभागका महानिर्देशक सुर्दशनप्रसाद ढकालले सन् २०१७ भित्रमा नेपालको पर्यटन बजारलाई पूर्णरुपमा पूर्ववत् अवस्थामा फर्काउने गरी रणनीतिक योजना बनाएको उल्लेख गरे। गलत प्रचारप्रसार तथा अनुत्तरदायी […]

नाट्टा पश्चिमाञ्चलको निर्वाचनले नयाँ कार्यसमिति चयन

Ktm-Natta-Election-3

माघ, नेपाल एसोसिएसन अफ् टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चलको २१ औं बार्षिक साधारणसभा तथा निर्वाचनले नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष पदमा  सर्वसम्मत डिल्लीप्रसाद गौतम निर्वाचित भएका थिए । संघको प्रथम उपाध्यक्षमा हर्कबहादुर गुरूङ, द्वितीय उपाध्यक्षमा सञ्जयकान्त सिग्देल, महासचिवमा सुवास भण्डारी, सचिवमा ऋषिराम पौडेल, कोषाध्यक्षमा हरिराम अधिकारी र सहकोषाध्यक्षमा किशोर दाहाल निर्वाचित भएका छन् […]

नेपाल पर्यटन बोर्डमा रिक्त दुई सदस्य

NTB

माघ, नेपाल पर्यटन बोर्डमा रिक्त दुई सदस्यमा पर्यटन व्यवसायी कृष्ण अर्याल र पूर्ण कुँवरलाई नियुक्त गरिएको छ । पर्यटन मन्त्रिस्तरीय बैठकले तीन वर्षको लागि उहाँहरुलाई नियुक्त गरेको हो । अर्याल हाउस अफ् ट्राभल एन्ड एड्भाञ्चरका प्रबन्ध निर्देशक तथा कुँवर मल्टी टुर्सका सञ्चालक हुन् । बोर्डमा निजी व्यवसायीका तर्फबाट यसअघि तीन सदस्य घनेन्द्र श्रेष्ठ, राजेन्द्रप्रसाद सापकोटा […]

१७ करोड लगानी प्रतिफल शून्य

images (1)

पुस, तारागाउँ विकास समितिमार्फत सरकारले  ह्यात होटेलमा १७ करोड रुपैयाँ लगानी गरे पनि २३ वर्षसम्म प्रतिफल शून्य छ। २०४९ साल चैत्र १६ गते स्थापना भएको तारागाउँ विकास समिति नेपाल सरकारको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको विकास समिति हो। सरकारले पर्यटन क्षेत्रमा विभिन्न प्रकारका तालिम र पर्यटकीय गतिविधि सञ्चालन गर्न स्थापना गरेको यो समितिले स्थापनकै […]

क्यान्सर पीडित थापालाई नेविसंघ युकेको आर्थिक सहयोग

11949740_10205156513294752_184139190_n

१८ भदौ, काठमाडौँ । नेपाल विद्यार्थी संघ युकेले ब्लड क्यान्सर पीडित बालिकाको उपचारका लागि आर्थिक सहयोग गरेको छ । कांग्रेस नेतृ उर्मिला थपलियाको संयोजन र नेविसंघ युकेका कार्यवहाक अध्यक्ष कुश बस्नेतको नेतृत्वमा युकेमा संकलन गरिएको २ लाख २७ हजार रुपैयाँ ब्लड क्यान्सरबाट पीडित धादिङ निलकण्ड–८ की १६ वर्षीया हेमन्तकुमारी थापालाई हस्तान्तरण गरिएको छ । काठमाडौँको […]

गैरकानुनी रूपमा अमेरिका छिरेकोमा पश्चाताप

USA1

किरण (इमिग्रेसन अदालतमा मुद्दाका कारण नाम परिवर्तन) आठ महिनाअघि दलाल मार्फत विभिन्न देश हुँदै मेक्सिकोको बाटो भएर गैरकानुनी रुपमा अमेरिका छिरेका थिए। ‘हण्डर खाएपनि अमेरिका पुग्ने लक्ष्य त पुरा भयो। तर, अहिले उनलाई पश्चाताप भईरहेको छ। यहाँ घण्टा हानेर आउँदा लागेको ऋण कहिले तिर्ने, परिवार भेट्ने कहिले, विथ्थामा आइएछ,’ उनले भने। मेक्सिकोवाट आउने कति भेटिन्छन्? […]

एनआरएन जापानको सदस्यता जुलाई २८ सम्म लिन सकिने

nrn-japan-meeting

आफ्नो सदस्यता नबिकरण तथा नया सदस्यता लिने निर्धारित अन्तिम मिति लाइ ३ दिन थप गर्ने निर्णय गरेको जानकारी गराएको छ। थप गरिएको समयानुसार एन आर एन जापानको नया सदस्यता लिने वा नबिकरण गर्ने समय जुलाई २८ तारिक बेलुकी २३ :५९ सम्म गरिएको एन आर एन जापानद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ | यस अघि आज २५ […]

नेपालमा राजतन्त्र राख्ने सहमति गरेको छैनः करण सिंह

karan-sing

१६ साउन, काठमाडौ , भारतीय काग्रेस आईका बरिष्ठ नेता डा. करण सिंहले लोकतान्त्रिक आन्दोलनको उत्कर्षको बेला भएको भनिएको जस्तो आफूहरुले नेपालमा राजतन्त्र कायम राख्ने गरी कुनै सहमति नगरेको खुलासा गरेका छन । भारत भ्रमणमा रहेका नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवासँगको भेटमा उनले आफूहरु लोकतन्त्रकै पक्षमा रहेको स्पष्ट पार्दै लोकतान्त्रिक आन्दोलनको बेला आफूहरुले राजा राख्ने […]