मादी र सेती नदीमा जलविहार गर्न पर्यटकको आकर्षण बढ्दो

Seti-river

दमौली, तनहुँ, ७ कात्तिक (रासस) ः मादी र सेती नदीमा जलविहार गर्ने पर्यटकको आकर्षण बढ्दै जान थालेको छ । पर्यटकीय याम शुरु भएसँगै यस नदीमा जलविहार गर्न पर्यटकको आकर्षण बढ्न थालेको हो । दैनिक १५÷२० वटा डुंगामा पर्यटक गाईघाटसम्म जाने गरेका छन् । मादी नदीको पुलमुनिबाट गाईघाटसम्मको ३२ किमी दूरीमा पर्यटकले जलविहार गर्दै आएका छन् […]

सडक निर्माण भएपछि अन्नपूर्ण पदयात्रा मार्ग क्षेत्रका होटल संकटमा

annapurna-circuit-road

बेनी, म्याग्दी, ३० असोज (रासस) ः जताततै कच्ची सडक निर्माण हुँदा अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा छोटिँदै गएको छ । यसअघि एक महिना लाग्ने अन्नपूर्ण संरक्षण क्षेत्रका प्राकृतिक तथा पर्यटकीयस्थलको यात्रा मोटरबाटोका कारण छोटिएको छ । यसबाट ट्रेकिङ व्यवसाय नै संकटमा परेको व्यवसायीको गुनासो छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन क्रमिक रूपमा वृद्धि हुँदै गए […]

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तयारी पूरा

Annapurna-Base-Camp

पोखरा, २२असोज (रासस) ः अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासका लागि यही असोज २५ गते हुने अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । तीन चरणको महोत्सव कार्यक्रमअन्तर्गत पहिलो चरणमा असोज २५ गते अन्नपूर्ण आधार शिविरमा पहिलो अन्नपूर्ण हिमालका आरोही फ्रान्सेली नागरिक मोरिस हर्जोगको शालिक शिलान्यासका साथै अन्य विविध कार्यक्रम गरिने महोत्सव मूल […]

तिलिचो ताल जाने छोटो पदमार्गको निर्माण

tilicho-lake-trekking44

जोमसोम, मुस्ताङ, १९ असोज (रासस) ः विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको भनी चिनिएको तिलिचो ताल समुद्री सतहदेखि ४,९१९ मिटर अग्लो स्थानमा रहेको छ । सो तालमा जान अब हिमालपारिको जिल्ला मुस्ताङबाट जोमसोमको ठिनी हुँदै ५,१२० मिटर अग्लो मेसोकोन्दो पास( भञ्ज्याङ) भई पुग्न सकिने छोटो पदमार्गको निर्माण भएको छ । उक्त पदमार्ग निर्माण तथा साइन पोस्टिङको […]

सोह्रवटा हिमाल र ३७ वटा गाउँ देखिने एउटै ठाउँ

Dhaulagiri_mountain

बेनी, म्याग्दी, १८ असोज (रासस) ः संसारकै सातौँ अग्लो धौलागिरि हिमाललगायत १६ वटा शिखरको हिमश्रृंखला, म्याग्दी र पर्वतका विभिन्न ३७ वटा गाउँ देखिने म्याग्दीको पर्यटकीय एवं रमणीयस्थल ‘गुफाको डिल’ पर्यटकको पर्खाइमा रहेको छ । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा अवस्थित ऐतिहासिक महत्वको जगन्नाथ मन्दिर नजिकै पर्ने गुफाको डिल धार्मिक तथा पर्यटकीय आकर्षणका रुपमा रहेको छ । […]

हवाई टिकट र देश विदेश भ्रमणको लागि एभेरेष्ट क्राउन टुर्स एण्ड ट्राभल्स् सबैको पहिलो रोजाई बन्दै

21697870_1602232943140703_1778149558_n

२६ भदौ, काठमाडौं । नेपाल पर्यटकीय सम्भावनायुक्त देश हो। नेपालले अनगीन्ती हिमालहरु बेच्न सक्छ। प्रकृती र सुन्दरता बेच्न सक्छ र मनग्य आयआर्जन गर्न सक्छ। नेपालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान,भ्रमण र पदयात्रा गराउने कम्पनी थुपै खुलेका छन्। खुलेका मध्य नेपाली पर्यटन बजारमा कोही टिक्छन्,कोही टिक्दैनन्।एक वर्ष अगाडी खोलीएको एभेरेष्ट क्राउन टुर्स एण्ड ट्राभल्स् भने नेपालमा नै नयाँ […]

निर्वाचन बदर हुन नसक्ने भन्दै फैसला गरेपछि एनएमएमा नवनिर्वाचित पदाधिकारीहरुद्धारा सपथ ग्रहण

NMA new elected

५ भदौ, काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)का नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण लिएका छन् । निर्वाचनपछि उत्पन्न भएको विवादका कारण निर्वाचित पदाधिकारीहरुको सपथ कार्यक्रम रोकिएको थियो । अध्यक्षमा पराजित जिम्बाजाम्बु शेर्पा समूहले निर्वाचनमा धाँधली भएको भन्दै जिल्ला प्रशासन कार्याल, काठमाडौंमा उजुरी हालेका थिए । जिल्ला प्रशासन कार्यालयले चार जनाको नेतृत्वमा छानबिन समिति गठन गरी एक […]

पर्यटकीय सम्भावनायुक्त स्वर्गाश्रम ओझेलमा

sworgashram

४ भदौ, म्याग्दी । प्रशस्त सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका– ३ स्थित स्वर्गाश्रम ओझेलमा परेको छ । पूर्वाधार र प्रचारप्रसारको कमीले धार्मिक तथा पर्यटकीय हिसाबले सम्भावनायुक्त स्वर्गाश्रम ओझेलमा परेको हो । समुन्द्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा अवस्थित स्वर्गाश्रम रमणीय दृष्यावलोकनका लागि उत्कृष्ट गन्तव्य बन्नसक्ने सम्भावना छ यहाँबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि, गुर्जा, माछापुच्छ्रे, मानापाथीलगायत […]

मन्त्रालयले सूचना प्रकाशित गरी दरबार क्षेत्रको बन्देज फुकुवा

 पुरातत्व विभागले गोरखा सदरमुकामको तल्लो दरबार र माथिल्लो दरबार क्षेत्रमा लगाउँदै आएको बन्देज फुकुवा गरेको छ । दरबार क्षेत्रको २०० गज जग्गा क्षेत्र वरपर स्थानीयवासीलाई नक्सा पास गरी घर बनाउन र बनेका घर बैंकमा धितो राखेर ऋण झिक्न नपाइने बन्देज थियो । विसं २०७३ कात्तिक २२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित भई दरबार क्षेत्र वरपर […]

अन्नपूर्ण पद मार्ग आउने पर्यटकको सङ्ख्यामा वृद्धि

अन्नपूर्ण पद मार्गमा आउने पर्यटकको आगमनमा वृद्धि भएपछि जिल्लाका पर्यटन व्यवसायी उत्साही भएका छन्। गत वर्षको तुलनामा यस वर्ष पर्यटक आगमनमा वृद्धि भएको छ । अन्न्पूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार लमजुङ हुँदै अन्नपूर्ण पदयात्रा मार्गमा जाने पर्यटकको सङ्ख्या अघिल्लो वर्षको सेप्टेम्बरमा एक हजार नाघेको थियो । सो सङ्ख्या यस वर्ष दुई हजारभन्दा बढी पुगेको […]