अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटनबारे सकारात्मक सन्देश

राष्ट्रिय पर्यटन पत्रकार सङ्घ (नाटोज)ले यहाँ आयोजना गरेको पर्यटनका लागि आगामी कार्ययोजनाबारे साक्षात्कारका वक्ताले अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटनबारे सकारात्मक सन्देश प्रवाहका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई प्रयोग गरिनुपर्ने धारणा राखे।
पर्यटन विभागका महानिर्देशक सुर्दशनप्रसाद ढकालले सन् २०१७ भित्रमा नेपालको पर्यटन बजारलाई पूर्णरुपमा पूर्ववत् अवस्थामा फर्काउने गरी रणनीतिक योजना बनाएको उल्लेख गरे।
गलत प्रचारप्रसार तथा अनुत्तरदायी प्रवृत्तिले पर्यटन क्षेत्रले घाटा बेहोरेको भन्दै प्रवद्र्धनका कामलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमको भरपुर उपयोग गरिनुपर्नेमा जोड दिए।
नाटोजका केन्द्रीय अध्यक्ष शिव अधिकारीले सरकारी निकाय र निजी क्षेत्रको समन्वयको कमिका कारण पर्यटन क्षेत्रले गति लिन नसकेको बताए। पर्यटन व्यवसायी मोहन लम्सालले तातोपानी नाका खुलाउन नसक्नु पर्यटनका लागि दुर्भाग्यपूर्ण रहेको धारणा राखे।