एक नेपालीले अर्को नेपालीलाई समृद्धि साट्ने ठाउँ हो घुमफिर-कृष्ण अर्याल

नेपाल एक पर्यटनको प्रचुर सम्भावना बोकेको देश हो । विभिन्न समस्याका कारण सम्भावना अनुसारको पर्यटक भित्र्याउन सकिएको छैन । गत वर्षको विनाशकारी भुकम्प र लामो समयको नाकाबन्दीको कारण नेपालको पर्यटन लाई केहि हद सम्म असर गरेको छ र विस्तारै पहिलेकै रुपमा आउने अवस्था बन्दै गएको छ । यस्तै समसामयिक विषयमा नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य कृष्ण अर्यालसँग गरिएको कुराकानीको सम्पादीत अंश ।

13178727_10209498537523630_9213662127907738664_n

 

हिजो आज के मा व्यस्त हुनुहुन्छ ?
अहिले अप्रिल, मार्च भनेको सिजन पनि हो हामी व्यवसाय गर्ने व्यक्तिहरु व्यवसायमा पनि व्यस्त भईन्छ । अतिथिहरु आउँछन उनिहरुको पनि रेखदेख गर्नु पर्ने हुन्छ । टुरिजम बोर्डमा पनि सदस्य भएको नाताले धेरै साथीको काम पर्छ हाम्रो आफ्नो पनि काम हुन्छ । बिच बिचमा साना तिना कामहरु भैरहन्छन त्यसमा पनि अलि अलि समय दिएर प्रमोशन र मार्केटिनको काम गर्नुपर्छ । सँग सँगै अरुपनि संघ सस्थामा लागिएको छ त्यसलाई पनि व्यवस्थापन गर्नुपर्छ । एउटै मात्र कुरा के छ भने हामी जस्ता टुरिजम्मा लागेका मान्छे टुरिजम्लाई कसरी प्रवद्र्धन गर्न सकिन्छ, बजारिकरण कसरी गर्न सकिन्छ र यसलाई व्यवस्थापकीय ढंगबाट कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा हाम्रो ध्यान केन्द्रित हुन्छ ।

अहिले आफ्नो निजी व्यवसायमा हुनुहुन्छ र पर्यटन वोर्डको सदस्यमा पनि । भुकम्प पछि पर्यटनको यात्रा कस्तो हिसाबले अगाडी बढिरहेको छ ?
भुकम्पपछि भन्दा पनि मैले बारम्बार भन्ने गरेको प्राकृतिक प्रकोप संसारको जुनसुकै भागमा पनि छ यो निरन्तरता हो । पा्रकृतिलाई हामीले त जित्न सकेका छैनौँ । मानव समाजले जित्न सकेको छैन । त्यो एउटा चिज होला तर हामीलाई भुकम्प भन्दा पनि धेरै मार चाँही नाकाबन्दीले गर्यो । नाकाबन्दी नभएको भए अस्ती गएको बेलानै रिकोभरी गथ्र्यौ । तर अहिले सम्मपनि हामीलाई त्यो मारहरु परीराखेको छ । तर के छ त भन्दा यसपाली आएका मान्छेहरु ३४ वटा त एभरेष्ट चढ्ने टिम मात्र छ । त्यसकारण त्यो भुकम्पले नै ठ्याप्पै प्रभावित ग¥यो भन्ने छैन, केहि ठाउँहरु प्रभावित गरेको छ । हामीले चाहीँ नेपालबाट तिब्बत त्यसपछि कैलाश मानसरोबरहरु बाट चलाउथ्यौ त्यो चाँही अब हाम्रो कोदारी राजमार्ग बन्द भएको कारणले त्यहाँको नाका नखुलेको कारणले त्यो व्यापार कम भएको छ । त्यसले गर्दा विशेषगरी भारतीय पर्यटन जो चाहीँ मानसरोबर जान्थ्ये, मुक्तिनाथ पनि जान्थ्ये तिनीहरु जान नपाएको कारणले गर्दा तिनीहरुको आगमन कम भो तर हामीलाई के छ त भन्दा एभरेष्टको चाहीँ जुन ३४ वटा आरोही दलहरु आउनुभएको छ त्यसले गर्दा अटमलाई अझ राम्रो सँग रिकोभरी गर्न सक्छौ भन्ने छ त्यसमाथि अस्ति भर्खरै नीति कार्यक्रम आएको छ सम्भवत पास हुन्छ होला शुक्रबार राष्ट्रपति ज्युले नेपालको पर्यटनसँग सम्बन्धित धेरै कुराहरुलाई सरकारले उठाईदिएको छ आशा गरौँ आउने सरकारले पनि त्यसलाई निरन्तरता प्रदान गर्ने छन् । जस्तो यो वर्षलाई हामीले घुमफिर वर्ष भनेर घोषणा गरेका छौँ । २०१८ लाई हामीले नेपाल भ्रमण वर्ष भनेर घोषण गरकाछौँ । त्यो पास भैसकेपछि पर्यटन मन्त्रालय र बोर्डले पनि त्यसलाई कसरी सफल पार्ने भनेर कोसिस गर्छौ ।
भुकम्प र नाकाबन्दी पछि कतिपय देशले आफ्नो वेभसाइटमा ट्राभल्स नोटीसमा नेपालको कहि भागहरु अझै खतरायुक्त रहेको भनिरहेको छ । के टुरीजम बोर्डले त्यो हटाउनका लागी एड्भोकेसि गरिरहेको छ त ?
पर्यटन वोर्डले मात्र होइन आफ्नो नीजि क्षेत्रले जस्तो अघि तपाईले अष्ट्रेलिया रहेको मेरो एजेन्टलाई मैले भन्छु । अब पहिलेको अवस्था होइन पुरा सुधे्रको छ । कतिले आएर सबै मेरो मात्र होइन सम्पुर्ण ट्रेकिङ एजेन्सीमा आएर अध्ययन गरेर केहि भएको रहेनछ भनेर पठाउन शुरु गरेको छ र त मान्छेहरु पनि आइपुगे नि । जुन अनलाईन हेरेर आउनेको लागी चाहीँ हामीले पुष्टि गर्न सकेका छैनौ त्यो एउटा पाटो त छदैँछ । उनीहरु पनि शत प्रतिशत सुनिश्चित नभईकन हटाउन नसकेको अवस्था हो । पर्यटन वोर्डले गरेको छ, मन्त्रिहरु जादाँ गर्नुभएको छ, सायद परराष्ट्रले पनि गरेको छ होला इभेन्टहरुमा जादाँ हामीले भन्ने गरेका छौँ । मलाई लाख्छ भुकम्प मात्रै होइन नाकाबन्दी ठुलो कारण हो यसलाई रिकोभरी गर्न दुई चार वर्ष लाग्छ ।
आन्तरीक पर्यटन प्रर्वद्धनको विषयमा निश्चित नीति तथा कार्यक्रमहरु के छ ?
यसपाली नीति, कार्यक्रममा पनि घुमफिर वर्ष गर्ने भनेको छ । नेपाल सरकारका निजामति देखि लिएर तलब खाने सबैलाई समेट्ने गरी तलबी छुट्टी दिएर घुमफिर गराउँनुपर्छ भनेर पर्यटन मन्त्रालयसँग लबिङ गरेका छौँ, हामीले व्यवसाय गरेका छौँ । पोहोर पराहरको झै नभएपनि केही त आम्दानी भएको होला त्यो हाम्रो आम्दानी हामीले पोखरामा गएर अलि अलि खर्च गरीदिदाँ त्यहाँको साथीहरुलाई त्यो समृद्धि साटीएको छ त्यसले गर्दा त्यहाँको साथीहरुसँग घुलमिल हुने माध्यम बनेको छ । नेपाल अधिराज्य भरी जे जति पर्यटकीय क्षेत्रमा हामी जान्छौं हाम्रो समृद्धि पनि साटिन्छ । नेपाल अधिराज्य भरी पैसा चलायमान हुन्छ त्यसले गर्दा आर्थिक समृद्धि हुन्छ । एक नेपालीले अर्को नेपालीलाई समृद्धि साट्ने ठाउँ हो घुमफिर यो एक ठाउँमा मात्र गर्ने होइन सबै ठाउँमा गर्नुपर्छ । आर्थिक समृद्धि र पर्यटन प्रर्वद्धनको दिगो विकास गर्नका लागी आन्तरिक पर्यटन प्रर्वद्धनको आवश्यकता पर्दछ यो घुमफिर वर्ष त्यसको शुरुवाती पाईला हो । हरेक वर्ष यसलाई बढाएर लगेर हामी नेपाली एक क्षेत्रबाट अर्को क्षेत्रमा गएर आर्थिक आर्जन बाढ्ने कार्यक्रमको शुरुवाती हो यो । सबै क्षेत्रलाई आन्तरिक पर्यटनको मानव साङलोमा बाँधेर अगाडी बढाउने कार्य हो ।

आन्तरिक पर्यटन प्रर्वद्धन गर्दा त्यहाँको न्युनतम् पुर्वाधार निर्माण गर्ने वातावरण त बनाउनु पर्ला त्यो कस्तो छ ?
त्यो काम राज्यले बनाउने हो । निजी क्षेत्रले सक्दैन । यसमा राज्यले ध्यान दिनुपर्छ जुन जुन क्षेत्रका साथीहरु, नागरिकहरु हुन उहाँहरुले घचघचाई दिनु प¥यो । जस्तो स्वर्गद्वारीमा राम्रो होटल छैन भने होटल राम्रो बनाईदिनु प¥यो । हरेक धार्मिक ठाउँमा आउने मान्छेहरुका लागी लगेर जाने केहि चिजको उपलब्ध गराउनु प¥यो यो गर्न सकियो भने एकदमै राम्रो हुन्छ । धार्मिक पर्यटनको उपभोग गर्न सक्नु प¥यो ।

होमस्टेको प्रभावकारीता के कस्तो छ नेपालमा जो अहिले चलेको छ नि ?
प्रभावकारीताको विषयमा म के भन्छु भने, सबै चिज तपाईले सिर्जना गर्ने हो । व्यवसायिक उपयोगीता कसरी गर्ने, प्रचार कसरी गर्ने भन्ने आफुमा निहित हुन्छ उपयोग गर्न सकेमा नाफा कमाउन सकेमा राम्रो हुन्छ नसकेमा होमस्टे छ भन्नुमात्र हो । होमस्टेको नाममा सानो होटलनै चलाएर ट्याक्स तिर्न पर्दैन भन्ने खालको चलन पनि छ । अलि विकृति तिर छ त्यसलाई विकृति तिर नलगीकन एउटा संस्कृति र सभ्यताको आदानप्रदान गर्ने चिज हो भनेर विकास गर्ने, स्थापीत गर्ने, प्रर्वद्धन गर्न सके एक आपसमा राम्रो हुन्छ । संस्कृतिको साटासाटको माध्यम बन्न सक्छ । समृद्धि साटासाट हो । राष्ट्रिय भावनालाई एकीकरण गर्ने माध्यम हो ।

विभिन्न व्यवसायीहरुलाई नेपाल टुरीजम् बोर्डको सदस्यको हैसियतले के भन्नु चाहनुहुन्छ ?
कसैले हाम्रो होइन भन्नुपर्दैन तपाईहरुको आवजलाई प्रतिनिधत्व गर्छौ । तपाईहरुले यो हाम्रो ठाउँ होइनकी भन्नु पर्दैन समस्या परेको बेला दुःख बिसाउने चौतारी सम्झेर हामीलाई सम्झिनु होला ।