कृषिमा दुई अर्ब ६७ करोड १९ लाख रुपैयाँबराबरको नोक्सानी

लामो खडेरीका कारण यस वर्ष धनुषामा फलफूल तथा तरकारी उत्पादन घटेको छ।
लामो समयसम्म पानी नपर्दा र सुख्खाका कारण यस वर्ष ५५ प्रतिशतले आँप उत्पादनमा ह्रास आएको छ।
किसानले दुई हजार सात सय ७१ हेक्टर क्षेत्रफलमा आँप लगाएकोमा ३१ हजार सात सय १४ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको थियो। तर, हावाहुरी र खडेरीका कारण उत्पादन ६१ करोड १९ लाख मूल्यबराबरको १७ हजार चार सय ८६ मेट्रिक टन घटेको छ।
किसानले जिल्लामा एक हजार नौ सय पाँच हेक्टर क्षेत्रफलमा वर्षे तरकारी लगाएकोमा २३ हजार दुई सय चार मेट्रिक टन उत्पादन हुनुपर्नेमा १० प्रतिशतले घटेको जनाइएको छ।