झम्सिखेलमा महोत्सव: पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आज झम्सिखेलमा ‘तेस्रो झम्सिखेल द ब्रिटिस स्कुल महोत्सव २०७३’ सुरु भएकोे छ।
बिहान ८ देखि सुरु भएको महोत्सव साँझ ८ बजेसम्म सञ्चालन हुनेछ। पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले झम्सिखेल युवा क्लब र द ब्रिटिस स्कुल काठमाडौँले संयुक्त रुपमा एकदिने महोत्सव आयोजना गरेका हुन्।
युवा क्लबले प्रत्येक चार चार वर्षमा महोत्सव आयोजना गर्दै आएको क्लबका अध्यक्ष सन्दन थापा मगरले बताए। झम्सिखेलमा नै रहेको ब्रिटिस स्कुल भने काठमाडौँमा स्थापना भएको ५० वर्षका उपलक्ष्यमा महोत्सवमा सहआयोजकका रुपमा सहभागी हुँदैछ।
विश्व बजारमा झम्सिखेललाई पुर्याउने उद्देश्यले महोत्सव गर्न लागिएको क्लबका अध्यक्ष मगरले बताए। उनले भने, “हामीले यस पल्ट गरेका दुई महोत्सवभन्दा अहिले बढीले अवलोकन गर्ने अझै बढ्ने विश्वास लिएका छौँ ।”
विसं २०६४ मा ३८ हजार र २०६८ मा ५० हजार अवलोकनकर्ताले महोत्सव अवलोकन गरेका थिए । महोत्सवमा म्याराथुन धावक वैकुण्ठ मानन्धरलाई नगदसहित सम्मान गरिने छ । क्लबलाई सी डिभिजनबाट बी डिभिजनमा पु¥याउन योगदान गर्ने खेलाडीलाई सम्मान गर्ने कार्यक्रम छ ।
महोत्सवमा लोकदोहोरी गीत, लोकनाच, नेवारी संस्कृति झल्कने बाजागाजा र ब्रिटिस रक पप ब्यान्डको प्रस्तुति हुनेछ । खानासँगै बालबच्चाका मनोरञ्जन कक्ष महोत्सवको आकर्षण रहेको क्लबका सहसचिव दान थापा मगरले बताए। रासस