ठमेल पर्यटन विकास परिषद को कार्यवाहक अध्यक्ष गुरुङ

ठमेल पर्यटन विकास परिषद को कार्यवाहक अध्यक्षमा व्यवसायी समीर गुरुङ चुनिएका छन्। गुरुङ यसअघि परिषद्को वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।
परिषद्कोसम्पन्न विशेष साधारण सभाले गुरुङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो । परिषद्का अध्यक्ष रामशरण थपलियालाई भेलाले हटाई कार्यवाहक अध्यक्षका रुपमा गुरुङलाई चयन गरिएको व्यवसायीहरुले बताएका छन् । केही दिनदेखि परिषद्मा नेतृत्वको कार्यशैली ठिक नभएको भन्दै विरोध हुँदै आएको थियो ।
थपलियाले संस्थालाई एकलौटी ढंगले चलाउँदै आएको आरोप लगाउँदै थपलियालाई अध्यक्षबाट हटाइएको असन्तुष्ट व्यवसायीहरुको भनाई छ । संस्थाको विधान संशोधन गराएर थपलिया आफु फेरि अध्यक्ष बन्ने दाउमा लागेको केही सदस्यहरुले आरोप लगाएका छन् ।
अदालत जान्छु ः थपलिया
यसैबीच अध्यक्ष थपलियाले आफूलाई अवैध ढंगबाट अध्यक्ष पदबाट हटाइएको भन्दै अदालत जाने बताएका छन्। ठमेलमा पत्रकार सम्मेलन गरी थपलियाले आफूलाई गलत भ्रम सिर्जना गर्न नैतिक बद्नाम गराउन केही व्यवसायी लागिपरेको बताउँदै, कानुनी उपचारका लागि अदालत जाने बताए।
मलाई कसैले हटाउन सक्दैन । मेरो कार्यकाल अझै ६ महिना छ । म समयमै निर्वाचन गराएरै छाड्छु । म चुनौति दिन्छु दुई तिहाई पुर्याउन ।’ थपलियाले भने।
उनाँले आफू ठमेलको विकासमा लागिपर्दा धेरैले असहयोग गरेको गुनासो गर्दै  ठमेलका केही व्यवसायी विकास विरोधी भएको भन्दै यस्तै विरोध भईरहे आफूले ठमेल ठप्प पार्ने चेतावनी समेत दिए।
ठमेललाई साईबर सिटी बनाईने
यसैबीच परिषद्का कार्यवाहक अध्यक्ष गुरुङले ठमेललाई साईबर सिटी बनाउने घोषणा गरेका छन्।  गुरुङले तीन महिनाभित्र परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता जनाउँदै भने,‘मेरो उद्देश्य ठमेललाई हरियाली र सफा बनाउने हो । ठमेलको पर्यटन प्रबद्र्धन गर्न मैले चार बुँदे योजना ल्याएको छु ।’ रासस