युवाले शुरु गरे आँखा दान अभियान

आज राजधानीको भृकुटीमण्डपमा आँखा दान कार्यक्रम सम्पन्न भएको छ । उक्त आँखादान कार्यक्रममा करिब तिन सय भन्दा बढी व्यक्तिले आँखा दान गरेका छन् । मृत्यु पश्चात दान गरिने आँखा चौबिस घण्टा सम्म निकालेर प्रयोग गर्न सकिन्छ ।
नेपालमा आँखा दानको जनचेतना कम रहेको एक तथ्यांकले देखाएको छ । नेपालमा रहेका करिब दुई लाख नेत्रबिहीन व्यक्तिलाई देख्न सक्ने बनाउन सबैले आँखा दान गर्नु पर्ने देखिन्छ ।
उक्त कार्यक्रम रोट्रयाक क्लब अफ भादगाँउको आयोजना र रोटरी क्लब अफ भादगाँउ तथा तिलगंगा आँखा केन्द्रको सहकार्यमा सम्पन्न गरिएको हो ।