जुझारु र गतिशिल सापकोटा पर्यटनका एक पर्याय

देशको पर्यटन जिवनमा महत्वपुर्ण योगदान गर्ने योजना सहित होमिएका सोम सापकोटा गैरआवासिय नेपाली सघं (एनआरएए) का केन्द्रिय सदस्य तथा नेपाली लाइव्रेरी फाउण्डेशनका युरोप संयोजक हुन् । सापकोटा यति बेला नेपालका विभिन्न सामाजिक सेवामा निकै सक्रिय रहेका छन् । डेनमार्कका लागि पर्यटनदूत समेत रहेका सापकोटाकै पहलमा एनआरएनएले ई–लाइब्रेरी स्थापना सुरु गरेको छ।  आफुलाई पर्यटनको  पर्याय बनाउन खोजिरहेका सापकोटा पर्यटन नीति र कार्यक्रमको   सैद्धान्तिक मार्गचित्रको अर्थपुर्ण व्याख्या र व्यवहारिक कार्यान्वयन गर्न सक्ने अब्बल ब्यबसायिको  पहिचान निर्माण गर्दै छन्।  

बाग्लुंगको  माटोमा जन्मिएर विभिन्न आरोह अवरोहसँग सिगौरी खेल्दै वर्तमान सामाजिक  हैसियत निर्माण गरेका सापकोटा  नेपाली पर्यटन क्षेत्रको  सम्पती र भविष्य हुन् । सामाजिक क्षेत्रमा कृयाशिल थुप्रै सामाजिक अगुवाहरु उनको नेतृत्वदायी क्षमताबाट निकै प्रभावित देखिन्छन् । उनको सामाजिक  पहिचान र पृष्ठभुमी भनेको निष्ठा र ईमान्दारीता , सिद्धान्त प्रति प्रतिबद्ध,  अन्यायमा परेका ब्यक्तिको मुल्यांकन गर्ने स्वभाव, बिश्व बजारमा पर्यटन प्रबर्धन गर्न सक्ने  कुशल नेतृत्व क्षमता, पारदर्शी र दुरदर्शी अगुवाको हो । पर्यटन क्षेत्रमा कृयाशिल सापकोटा  लेखन तथा अध्ययनमा पनि निकै अगाडी छन्  । जिवनको छोटो कालखण्डमा नै पर्यटनमा योगदान दिन सक्ने सापकोटा  पर्यटनको वृहत्तर हितमा क्रियाशिल छन् । पर्यटनको वृद्धि विकास, समृद्ध नेपाल र सुखी नेपाली आफ्नो  सपना हो भन्ने पर्यटनका एक सहयात्री सापकोटा  जुझारु र गतिशिल ब्यक्ति हुन् ।