नेपालमा नै नमुना सार्क सम्मेलन !!!

दक्षिण एशियाली क्षेत्रिय सहयोग सङठन(सार्क) दक्षिण एशियाली देशहरुको सामुहिक विकास र हित प्रबर्धन गर्नका लागि स्थापना भएको संगठन हो । बिधानत समय-समयमा हुने शिखर सम्मेलनहरु बिभिन्न आन्तरिक तथा दुई देशीय बिबदका कारण हुन सकिरहेको छैन। सार्क अध्यक्ष राष्ट्र नेपाल हुदा समेत यसको क्रियाशीलतालाई जुझारु बनाउन नसकेको अबस्थामा बिध्यार्थिको तहबाट नमुना सार्क सम्मेलन हुन लागेको हो ।

करिब २४ जनाले प्रत्यक्ष रुपमा र ५० भन्दा बढिले निरिक्षकका रुपमा भाग लिने उक्त सम्मेलनलाई महत्वका साथ हेरिएको छ। उक्त सम्मेलनलाई बिध्यार्थिको तर्फबाट भएको प्रथम सम्मेलन दाबि गरेको आयोजकले यस कार्यक्रमको उदेश्य बिध्यार्थिमाझ सार्कको महत्व र समयमा नै सार्क सम्मेलनका लागि सम्बन्धित निकायलाई दबाद दिनु रहेको बताएको छ।

कार्यक्रम काठमाडौंस्थित सांग्रिला होटलमा, फेब्रुअरी २४ र २५ मा  हुन लागेको हो।  बिध्यार्थिको समेत क्षमता विकास गर्ने उदेश्य राखेको उक्त नमुना सार्क सम्मेलनको आयोजना रोट्र्याक क्लब अफ भादगाउले गरेको हो ।