एनएमएको महासचिवमा गुरुङ निर्वचित हुने बलियो संभावना

 

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचन नजिकिदै गर्दा नेतृत्वका आकांक्षीहरु बढ्न थालेका छन् । एनएमएले विशेषगरी हिमाल आरोहणको व्यवस्थापकिय जिम्मेवारी सम्हाल्ने गर्दछ, यसको चुनाव साउन २१ गते तोकिएको छ ।
यस्तैमा पर्यटन व्यवसायीहरु माझ चिरपरिचित एवंम लोकप्रिय युवा पर्यटन व्यवसायी कुलबहादुर गुरुङको नाम महासचिवमा चर्चा भएको छ ।
व्यवसायी गुरुङ ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का पूर्व उपाध्यक्ष, गणेश हिमाल पर्यटन विकास समितिका संस्थापक अध्यक्ष, गुरुङ पर्यटन व्यवसायी संघका संस्थापक अध्यक्ष र हिमाली समुदाय जलबायू संघको बर्तमान सचिवका रुपमा थुप्रै पर्यटकीय संघसस्थामा नेतृत्व लिईसकेका व्यक्ति हुन् ।
एनएमएको व्यवस्थापकिय सुधार र समयानुकुल अन्तर्राष्ट्रिय बजारमा यसको चिनारी गर्दै व्यवसायी र आरोहीबिचको सम्बन्ध मजबुत बनाउने र मजदुर र व्यवसायीहरुको हकहितका लागि जहिल्यै दिनरात नभनी खटीने उन्को भनाई छ ।
गुरुङ पर्यटन क्षेत्रमा झण्डै तीन दशक बिताईसकेका व्यक्तित्व हुन् । उनी पर्यटकको भारी बोक्ने भरियादेखि व्यवसायी नेतृत्वको अनुभव समेत भएका व्यक्ति हुन् । उनको शिक्षा दुई विषयमा मास्टर डिग्री गरिसकेका छन् । उनलाई लाग्छ कुनै पनि संस्थाको नेतृत्वमा पुगीसकेपछि आफ्नो क्षमताले संस्थाको गरिमालाई बढाउन सकिएन भने संस्थामा रहनु र नरहनुको अर्थ छैन । व्यवसायीको हकहितका लागि केही गरुँ भनेर नै नेतृत्वमा दाबी गरेको उनी बताउँछन् ।


उनले थपे ‘एनएमएको चुनावमा सकेसम्म सर्वसम्मतीय हिसाबले नेतृत्व लिदा राम्रो हुने बताए । कुनैपनि संस्थामा राजनीति रुपमा नेतृत्वमा जाँदा संस्थालाई नै हानी हुनु हो किनभने त्यहाँ हरेक कुरामा खिचातानि हुनसक्छ त्यसैले हामी सबै कुनै न कुनै बिचार सिद्धान्तमा अवश्य पनि संलग्न छौ, तर त्यसको दलिय प्रभाव संस्थामा देखिनु हुँदैन भन्ने मात्र हो । दलिय राजनीतिबाट माथि उठेर सोच्ने हो भने आजको दिनमा एनएमए लाई अन्तराष्ट्रिय संस्थाहरुसँग साझेदारी गरेर परिचित गराउनु आवश्यक छ ।
गुरुङका पक्षमा एक पर्यटन व्यवसायी भन्छन् – ‘कुलबहादुर गुरुङ एनएमएमा नेतृत्व लिन सक्ने व्यक्ति हुन्, उनी जस्ता व्यक्ति नेतृत्वबाट गुमाउनु हामी पर्यटन व्यवसायीको लागि दुर्भाग्य हुनेछ ।’
यसरी उनको व्यक्तित्व हेर्दा उनी नेपाल पर्वतारोहण संघ (एनएमए)को नेतृत्वमा व्यवसायीहरुको साथ पाएमा पक्कै पनि उनले नेतृत्व लिनेछन् ।