जिम्बा जाड्बु शेर्पा समूहको पदाधिकारी तथा सदस्य प्रत्यासीहरुको नामावली सार्वजनिक

IMG_20170731_160945

१६ साउन, काठमाडौं ।नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचन नजिकिदै गर्दा आज जिम्बा जाड्बु शेर्पा समूहले पत्रकार सम्मेलन गरि आफ्नो समूहका पदाधिकारी तथा सदस्य प्रत्यासीहरुको नामाबली सार्वजनिक गरेका छन्। शेर्पा अध्यक्षका प्रत्यासी हुन् भने प्रथम र द्वितीय उपाध्यक्षमा क्रमश भुमि लाल लामा र ङिमी शेर्पा,महासचिवमा कूलबहादुर गुरुङ,सचिवमा पि.छेवाङ शेर्पा,कोषाध्यक्षमा विमल नहर्कीको उम्मोद्वारी रहका छन्। त्यसैगरि प्रा.डा.हरिप्रसाद श्रेष्ठ,देवीप्रसाद पन्त,आङ छेवाङ शेर्पा,दा गेल्जे शेर्पा, तुलसिंह गुरुङ, पेम्बा दोर्जे शेर्पा, एकनाथ न्यौपाने,मुकुन्दप्रसाद पोख्रेल र ल्हाक्पा तेन्जी शेपा लगाएत सदस्यका प्रत्यासीहरु हुन्।
संघलाई बचाउने,आरोही पेशेवारहरुको हक हितलाई अविछिन्न ढंगले अघि बढाउने, आरोहीहरुका टुहुरा छोराछोरीको पढाईलाई निरन्तरता प्रदान गर्ने, पेशवार आरोहीहरुको पेशालाई विभिन्न स्तरको तालिम अध्ययन संचालन गरी सुरक्षित एवं गौरवान्वित बनाउने संघको गौरवपूर्ण इतिहासलाई जोगाउने,राष्ट्रिय अन्तर्राष्ट्रिय भूमिकालाई सशक्त पार्ने,संचालित योजना परियोजनाहरुलाई सम्पन्न गर्ने, व्यवसायी तथा विदेशी आरोही मंैत्री नीति नियम तगा आरोहण अनुमति जारी गर्दै आएको कार्यलाई निरन्तरता दिने जस्ता लगायत सम्पूर्ण पर्वतीय पर्यटनलाई उचाईमा पु¥याई पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एउटा अभिन्न तथा महत्वपूर्ण स्थानको दर्जा दिलाउने जस्ता थुप्रै उद्दे्श्य तथा कार्यक्रमको साथ नेपाल पर्वतारोहण संघ बाचाउ समूहको निर्माण गरि संघलाई गतिशिल,अग्रगामी दिशामा उन्मुख गराउने ध्येयका साथ जिम्बा जाङ्बु शेर्पाको नेतृत्वमा चिरपरिचित उद्यमी,पेशेवर,आरोही तथा विज्ञहरुको टिम सम्मिलित उम्मेदवारहरु संघ बचाउने उद्देश्यका साथ चुनावी दौडमा उपस्थित भएको प्रेस विज्ञप्ति मार्फत जनाएको छ।
साथै व्यवासायीक राजनीतिलाई उजागर गरि व्यवसायीको हकहितका लागि शेर्पा समूहलाई विजयी गराउन अध्यक्षका प्रत्यासी शेर्पाले अपिल गरेका छन्। महासचिवका प्रत्यासी कुलबहादुर गुरुङले भने यो चुनाव पिक चोर र पिक बचाउ बीचको रहेकाले पिक बचाउ अर्थात जिम्बा समूहको जित सुनिश्चित भएको दावी गरेका छन्।