एनएमएमा पुनः निर्वाचन गराउन जिम्बा समूहको आग्रह

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को भर्खरै सम्पन्न निर्वाचन धाँधलीपूर्ण रहेको भन्दै पुनः निर्वाचन गराउन जिम्बाजाङ्बु समूहले आग्रह गरेको छ ।
आज पत्रकार सम्मेलनको आयोजना गरि जिम्बा समूहले भर्खरै सम्पन्न भएको निर्वाचनमा धाँधली गरि आफूहरुलाई हराईएको भन्दै पुनः निर्वाचन गराउन माग गरेका हुन् । गत शनिवार सम्पन्न निर्वाचनमा जिम्बाजाङ्बु शेर्पा सन्तवीर लामासँग पराजित भएका थिए । निर्वाचनमा शेर्पा समूहबाट महासचिवसहित चार सदस्य विजयी भएका थिए भने अन्य पदाधिकारी र सदस्यहरु लामा समूहबाट विजयी भएका थिए ।

IMG_2529
पत्रकार सम्मेलनमा शेर्पाले भोट हाल्न नआएका संघका साधारण सदस्यहरुको परिचयपत्र फर्जी मतदातालाई दिएर लामा समूहका व्यक्तिहरुले आफ्नो पक्षमा भोटिङ गराएको दाबी गरे । पत्रकार सम्मेलनमा शेर्पा समूहले निर्वाचनमा धाँधली गर्न गैरसदस्यले संघको सचिवालयबाट निर्वाचन भइरहेको समयमै भोटिङ परिचयपत्र बुझेको भन्दै सिसीटिभी फुटेज पनि सार्वजनिक गरिएका थिए । निर्वाचनमा धाँधली गर्न यसअघिका एनएमएका कोषाध्यक्ष तथा हाल सचिव पदमा विजयी टिकाराम गुरुङको प्रत्यक्ष संलग्नता देखिएको आरोप अध्यक्षका प्रत्यासी जिङ्बाजाङ्बु शेर्पा लगायत समूहको छ । यो विषयमा अनुसन्धान भईरहेको र आफुहरु कानुनी लडाईमा अगाडि बढेको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

IMG_2532

पत्रकार सम्मेलनमा शेर्पा समूहमा मतदान गर्ने अधिकांश मतदाताहरुको उपस्थिति रहेको थियो भने पत्रकार सम्मेलनमा सुरक्षा व्यवस्था कडा गरिएको थियो ।