निर्वाचन बदर हुन नसक्ने भन्दै फैसला गरेपछि एनएमएमा नवनिर्वाचित पदाधिकारीहरुद्धारा सपथ ग्रहण

५ भदौ, काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)का नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण लिएका छन् ।
निर्वाचनपछि उत्पन्न भएको विवादका कारण निर्वाचित पदाधिकारीहरुको सपथ कार्यक्रम रोकिएको थियो । अध्यक्षमा पराजित जिम्बाजाम्बु शेर्पा समूहले निर्वाचनमा धाँधली भएको भन्दै जिल्ला प्रशासन कार्याल, काठमाडौंमा उजुरी हालेका थिए ।
जिल्ला प्रशासन कार्यालयले चार जनाको नेतृत्वमा छानबिन समिति गठन गरी एक हप्ता भित्र प्रतिवेदन बुझाउन अपिल गरेको थियो । सो अनुसार छानबिन समितिले प्रतिवेदनमा एनएमएको निर्वाचन निष्पक्ष रुपमा सम्पन्न भएको र बदर हुन नसक्ने भन्दै फैसला गरेपछि हिजो  नवनिर्वाचित पदाधिकारीले सपथ लिएका हुन् ।
निर्वाचित भएको १५ दिनपछि हिजो एनएमएको कार्यालयमा प्रमुख निर्वाचन आयुक्त केशव थापाले नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ खुवाईएको थियो ।