हवाई टिकट र देश विदेश भ्रमणको लागि एभेरेष्ट क्राउन टुर्स एण्ड ट्राभल्स् सबैको पहिलो रोजाई बन्दै

21697870_1602232943140703_1778149558_n

२६ भदौ, काठमाडौं । नेपाल पर्यटकीय सम्भावनायुक्त देश हो। नेपालले अनगीन्ती हिमालहरु बेच्न सक्छ। प्रकृती र सुन्दरता बेच्न सक्छ र मनग्य आयआर्जन गर्न सक्छ। नेपालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान,भ्रमण र पदयात्रा गराउने कम्पनी थुपै खुलेका छन्। खुलेका मध्य नेपाली पर्यटन बजारमा कोही टिक्छन्,कोही टिक्दैनन्।एक वर्ष अगाडी खोलीएको एभेरेष्ट क्राउन टुर्स एण्ड ट्राभल्स् भने नेपालमा नै नयाँ भिजन सहित अगाडी बढिरहेको छ।

नाफाको ४० प्रतिशत रकम नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्य लिएको उक्त कम्पनीले सुरुको वर्षमा नै नेपालीबाट राम्रो माया अनि साथ पाएको कम्पनीका निर्देशक राम कडेल बताउँछन्। आफ्नो स्वार्थ र नाफाका लागि जो कोही दर्कुछन् तर कम्पनीले नेपालको पर्यटन,शिक्षा र स्वास्थ्य एक साथ प्रवर्दन गर्ने उद्देश्य रहेको कम्पनीका प्रबन्ध निर्देशक दिवाकर अर्याल बताउँछन्। भर्खरै थाईल्याड,मलेसिया र सिंगापुर भ्रमण गरेर आएका शरण मल्ल ठकुरी भन्छन् एभेरेष्ट क्राउन टुर्स एण्ड ट्राभल्स्ले  नाफाको ४०
प्रतिशत नेपालको शिक्षामा र स्वास्थ्यमा खर्च गर्ने नीती लिएको कारण मेरो पहिलो रोजाई बन्यो भने सस्तो र विश्वसिलो पनि यसको आकर्षण बन्यो ।’ त्यस्तै थाईल्याड भ्रमण बाट फर्किएका समाजसेवी तथा राजनितीज्ञ विष्णु कार्की अरु भन्दा फरक भिजनमा संचालन भएको र सस्तो तथा गुणस्तरीय सेवा एभेरेष्ट क्राउनमा पाईने बताउँछन्।

यसर्थ अहिले नेपाली पर्यटन बजारमा विदेश भ्रमण तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई टिकटका लागि उक्त कम्पनी सवैको पहिलो रोजाईमा परेको छ। साथसाथै कम्पनीले पनि सस्तो दरमा विश्वसिलो तथा गुरस्तरीय सेवा प्रदान गरिरहेको छ।

21586023_1602232883140709_725642995_n

21584892_1602232919807372_991837256_n