विपिको सपना र नेपाली कांग्रेस

एलिजा ढकाल

समाजका व्यप्त अराजकता अन्याय अत्याचार उत्पादनबाट गाँजिदै थियो नेपाल । संसारका अन्य मुलुक भौतिक विकासको चरमोत्कर्षमा पुगिसकेका थिए । नेपाली जनजीवन अझै कष्टकर बन्दै थियो । त्यो अवस्थामा जनतालार्इ उनीहरुको अधिकार दिलाउन एउटा शक्तिको आवश्यकता थियो ।

सुन्दर, समृद्ध, समुन्नत नेपालको परिकल्पनाका साथ जनताको लडाइँ लड्ने क्रममा अनेक चुनौतीको सामना गर्दै नेपाली कांग्रेसको जन्मभयो । राष्ट्रियता, समाजवाद र प्रजातान्त्रलाई मुलमन्त्र बनाएर नेपाली कांग्रेसले ठूलो लडाइँ लडेको छ । नेपाली कांग्रेसले निसासिदो सामाजिक, साँस्कृतिक वातावरण बाट जनतालार्इ उन्मुक्तिको अनुभव गराएको थियो । यो कुरालाइ कसैले अस्वीकार गर्न सक्दैन । त्यो बेलामा नेपाली कांग्रेसले जनताको लागि संघर्ष नगरेको भए आज हामी यहाँ सम्म आइपुग्ने थिएनौँ ।

हाम्रो नेपाल पिछडिएकै अवस्थामा हुन्थ्यो। नेपालको इतिहासकै पहिलो पार्टी नेपाली कांग्रेस यतिखेर कतै रुमलिएको भान हुन्छ । बिपी भन्नू हुन्थ्यो, ‘हामी राजनीतिमा लागेको मन्त्री भइएला, कुर्सीमा बसौला, चिल्ला गाडी चढौला भनेर होइन। म चाहन्छु सबै नेपाली जनता म जस्तै हुन् । प्रत्येकको एउटा घर होस् । सबैका छोरा छोरीले अनिवार्य रुपले शिक्षा दीक्षा पाउन् । आवश्यक परे औषधि उपचार पाउन् । संविधान भनेको गरिब, मजदुर, किसान वर्गको भलार्इ गर्ने दस्तावेज हो । मैले प्रधानमन्त्री हुँदा अठोट गरेको थिए पन्ध्र बर्षमा गरिब भन्दा गरिब परिवारलाई मेरो परिवारको जस्तो अवस्था मैले दिलाउन सक्छु ।’ खै कहाँ गयो आज बिपीको समाजवाद ?

आज बिपिले जन्माएको पार्टी भित्र आफ्नै किसिमको फुटमा छ। कांग्रेस बिपीको पथपन्थी बनेर उनको सपना पूरा गर्ने बाटोमा लाग्नुपर्छ। समाजबादको बाटोमा हिडेर समाजलाई मार्ग निर्देशन गर्नु पर्छ । अनि मात्र जनताले पुनः उस्तै विश्वास गर्नेछन्। समाज परिवर्तनमा जनताको हितमा कांग्रेस निश्वार्थ भएर लाग्नु पर्छ । त्यस्को लागि पार्टीको नेतृत्व कुशल हातमा पर्नुपर्छ। जतिबेला कांग्रेस बिपीको बाटोमा हिड्छ त्यत्तिबेला आज ठूल ठूला कुरा गर्ने, क्रान्तीकारीको पगरी लगाएर हिड्नेहरु लुरुलुरु नेपाली कांग्रेस जिन्दावाद । भन्दै नेपाली कांग्रेसको झन्डा मुनी ओत लाग्न आइपुग्ने छन् । तर कांग्रेस जनले यत्ति बुझ्नुपर्छ बिपीको मार्गलाई छोडेर नेपाली कांग्रेस जीवित रहन सक्दैन ।