पर्यटन क्षेत्रको विकास नै हाम्रो अन्तिम अभिष्ट हो : दाहाल

tan-624x468

काठमाडौ ,१८ असोज–ट्रेकिङ एसोसियशन अफ नेपाल (टान) यति बेला चुनावी माहौलमा छ। नेतृत्व चयनका लागि हुन गईरहेको चुनावमा प्रष्ट राजनीतिक विभाजन देखिएको छ । राष्ट्रिय राजनीतिमा प्रमुख तीन दलकै दवदवा रहेका बेला यहाँ पनि नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीको प्रभाव प्रष्टै देखिन्छ । विसुद्ध व्यवसायीक संगठनमा अहिले देखिएको राजनीतिक उपस्थिति किन अनि केका लागि ? यसको आवश्यकता र औचित्यका बारेमा यूवा पर्यटन व्यवसायी तथा व्यवसायीक समुहका कोषाध्यक्षका उम्मेदवार लीलाबल्लब दाहालसंगको कुराकानीको सम्पादित अंश

तपाइको समुहको र तपाइको उम्मेदवारी किन ?

यो व्यवसायीक संगठन हो । त्यसैले यसको नेतृत्व पनि व्यवसायीक हुनु पर्छ । त्यसैका लागि हाम्रो उम्मेदवारी हो । अर्को कुरा अब तीन होइन, दुइ प्यानल हुन सक्ने संभावना बढेको छ । माओवादी निकट व्यावसायी साथीहरु र हामीहरु मिलेर एउटा प्यानल बनाउदै छौ ।
व्यबासायीक क्षेत्र भन्ने अनि राजनीतिक दलहरुको प्यानल किन चाहियो ?

व्यवसायी पनि राजनीति बाट मुक्त हुदैनन । तर यहाँ एउटा पुर्ण रुपमा एमालेको निकट छ अर्को हाम्रो प्यानल व्यावसायीक साथीहरुको हो । आस्थाका आधारमा त हाम्रो प्यानलमा सबै पार्टीका मान्छे छन् । तर उनीहरु पार्टीका आधारमा होइन व्यवसायीक आधारमा छन ।

तपाईहरु पनि त राजनीतिक दलसंगै आवद्ध हुनुहुन्छ नि । अरुलाई मात्र आरोप लगाउने ?

यसो हुनुमा एमाले सबैभन्दा बढी दोषी छ । जसरी एमालेले यो क्षेत्रलाई पार्टीेका अखडाका रुपमा स्थापित गर्न खोज्यो, यसको अन्त गर्न हामी एक जुट हुर्नै पर्ने अवस्था आयो । यदी हामीले यति बेला एमालेको यो राजनीतिक जालोलाई तोड्न सकेनौ भने यसले थप संस्थागत रुप लिने छ र पछि गएर यो संस्था पनि एमालेको भातृसंस्था बन्न बेर लगाउने छैन । त्यसकारण हामीले यति सबै व्यबसायिक साथीहरुको समर्थनमा अन्य राजनीतिक आस्थासंग निकट रहेको सबैलाई समेटेर प्यानल बनाएका हौं । एमालले प्रर्यटन मन्त्रालय सम्हाले देखि नै यहाँ राजनीतिकरण बढेको हो । एमालेले पर्यटन बोर्ड देखि टान सवैमा राजनीतिकरण गर्नुभएको यो कसैबाट लुकेको छैन । पर्यटन बोर्डले टानलाइ दिने बजेट पनि एमालेको मन्त्री आएपछि रोकिएको छ । यो गम्भिर कुरा हो ।

एकातिर पर्यटन क्षेत्र भुकम्पले थला परेको छ । अर्काे तिर यहाँ पनि राजनीतिक आग्रह पूर्वाग्रह हुन थालेपछि यसले त पर्यटनलाई थप कमजोर बनाउँदै न र ?

पछिल्लो समय यो क्षेत्रमा यूवा पूस्ताको आकर्षण लोभलाग्दो छ । धेरै यूवासाथीहरुले यो पेशलाई अंलागेका छन् । हामी देशको विकासको आधार कृषि भन्छौं तर हामी कृषि यति परनिर्भर भईसक्यौं कि कृषिबाट अब विकास सम्भव छैन । त्यसकारण यूवाहरुलाई रोजगारीका लागि हामीले पर्यटन क्षेत्रमा लगानी गर्नु जरुरी छ तर राज्यले मुखले जति भने पनि पर्यटन क्षेत्रको महत्वलाई बुझ्न सकेको छैन । आज जे जति भएको छ, यो नीजि क्षेत्रकै प्रयास र लगानीबाट सम्भव भएको हो । अब आउने नयाँ निर्वाचित कार्यसमितिले यो क्षेत्रलाई थप शसक्त र प्रभावरकारी बनाउने छ । त्यसकै लागि हामीले उम्मेदवारी दिएका हौं ।

तपाईको प्यालनका योजनाहरु के छन् ?

हामीले हाम्रा बारेमा धेरै कुरा व्यबसायी साथीहरुलाई बताईराख्नुपर्दैन । उहाँहरुलाई राम्रोसंग थाहा छ हाम्रा बारेमा । को सच्चा व्यवसायी हो ? कस्ले यो क्षेत्रको हित गर्छ ? कस्ले सरकार र व्यवसायी बीच समन्वय गरेर जान सक्छ । यो कुरा व्यबसायीसाथीहरुलाई थाहा छ । हामी बाहेक अरु कसैले पनि व्यबसायी साथीहरुको प्रतिनिधित्व गर्न सक्दैन । आज एमालेले यो क्षेत्रलाई भोट व्यांकका रुपमा प्रयोग गर्न खोजेको छ । एमालेको उद्धेश्य यसेको विकास होइन, राजनीतिक कार्यकर्ता उत्पादन गर्ने मात्र हो । यो कुरा व्यबसायी साथीहरुले राम्रो संग बुझ्नुभएको छ । एमालेले पर्यटन मन्त्रालय सम्हालेको छ तर यो मन्त्रालय पर्यटन विकासमै यति धेरै गैर जिम्मेवार छ कि आज कोही पनि खुसी छैन । थुप्रै व्यवसायी साथीहरुको लगानी धरापमा छ । नेपालबाट तिब्बत पदयात्रामा जानेहरु जान सकेका छैनन् । यतिमात्र होइन भोट दिदा उसले कति रोजगारी सृजना गरेको छ राज्यलाइ कति कर तिरेको छ त्यो पनि हेर्नु आवश्यक छ । हामी प्रतिवद्धता जनाउँछौं कि हामी यहाँ राजनीति गर्न आएका होइनौं । यो क्षेत्रमा कार्यरत साथीहरुको हीत र लगानीको सुरक्षा गर्नु हाम्रो पहिलो र प्राथमिक कार्य हो ।

तपाई कसरी आश्वस्त पार्नुहुन्छ कि यो क्षेत्रको विकास हुन्छ भनेर ?

हामी धेरै टाढा जानुपर्दैन । हाम्रै छिमेक तिब्बतमा मात्र बर्षेनी ३५ लाख पर्यटक आउछन । यसको आधा मात्र पनि हामीले पदयात्राका लागि नेपाल ल्याउन सक्यौ भने व्यवसायीहरुको स्वतह हीत हुन्छ । यस्तो काम हाम्रो नेतृत्वले गर्न सक्छ । किनकि हामीसंग त्यस्तो खालको योजना छ अनि हामी यसका लागि प्रयास पनि गरिरहेका छौै । अर्को भ्याट ट्याक्सको कुराको सार्थक बहस चलाउन सक्ने पनि हामी नै हो । त्यसैले करिव करिव हामीले चुनाव जितिसकेको अवस्था हो । तर प्रतिस्पर्धीलाइ धेरै कमजोर पनि ठान्नु हुदैन । प्रविधिक रुपमा पुर्ण प्यवसायी प्यानल भएकाले जीत हाम्रो निश्चित भइसकेको हो ।

अन्तमा ,टानका मतदातालाइ केही भन्नु छ ?

हाम्रा योजनाहरु र उद्धेश्यहरु मैले माथि भनिसकेको छु । हामी यो क्षेत्रको विकासका लागि उम्मेदवारी दिएका हौं । राजनीतिक गर्ने अन्य धेरै ठाउँहरु छन् । हामी ति ठाउँमा राजनीति गरौला तर यहाँ हामी पर्यटन क्षेत्रलाई विकास गरेर देशको समृद्धि कसरी गर्न सकिन्छ भनेर सोचिरहेका छौं । हाम्रो उद्धेश्य यही हा । अर्काे कुरा हामी जुन प्यालनबाट चुनावी मैदानमा उत्रिएका छौं यो टीम व्यावसायीक साथीहरुका साथै पूर्ण समावेशी पनि छ । मेची देखि महाकाली सम्मका साथीहरु यसमा छन् । त्यसैले सागर पाण्डे नेतृत्वको प्यानलाइ आफ्नो अमुल्य भोट दिएर पुरै प्यानलाइ विजय गराइ एक पटक टानको सुधार, विकाश र विस्तारका लागि हामीलाई काम गर्ने अवसर दिन सहयोगका लागि अनुरोध गर्छु । suorce Harekpal.com