यसकारण गुरुङ्ग नाटा निर्वाचनमा सचिवका लागि  दावेदार

पुस,  विगत एक दशक देखि गुरुङ्ग समुदायबाट पर्यटन क्षेत्रमा सक्रिय रुपमा सकरात्मक उपस्थिति देखाउन भएकी कमला गुरुङ्ग हाल नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) की कार्यकारी सदस्य हुनुहुन्छ ।

गुरुङ्ग पर्यटन व्यवसायी संघकी प्रमुख उपाध्यक्ष समेत हुनुहुन्छ । अध्ययनको क्षेत्रमा स्नातक गर्नुभएकी गुरुङ्ग ट्राभल लाइट प्राइभेट लिमिटेडकी प्रबन्ध निर्देशक हुनुहुन्छ । साथै उहाँले पर्यटन विकासको लागि फरकफरक जिम्मेवारीहरु ग्रहण गर्दै आउनु भएको छ ।

जनजाति र महिलाका रुपमा मात्र होइन, नाटा र गुरुङ्ग पर्यटन व्यवसायी संघमा रहेर उहाँले देखाउनु भएको पर्यटन सक्रियतालाई सबैले मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन् । नाटामा उहाँको उम्मेदवारीले यो क्षेत्रका व्यवसायीहरुमा उत्साह थपिएको छ ।