नाट्टा पश्चिमाञ्चलको निर्वाचनले नयाँ कार्यसमिति चयन

माघ, नेपाल एसोसिएसन अफ् टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चलको २१ औं बार्षिक साधारणसभा तथा निर्वाचनले नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष पदमा  सर्वसम्मत डिल्लीप्रसाद गौतम निर्वाचित भएका थिए ।

संघको प्रथम उपाध्यक्षमा हर्कबहादुर गुरूङ, द्वितीय उपाध्यक्षमा सञ्जयकान्त सिग्देल, महासचिवमा सुवास भण्डारी, सचिवमा ऋषिराम पौडेल, कोषाध्यक्षमा हरिराम अधिकारी र सहकोषाध्यक्षमा किशोर दाहाल निर्वाचित भएका छन् । सचिव पौडेल र कोषाध्यक्ष अधिकारीपनि सर्वसम्मत भएका थिए । सदस्यहरुमा भने ध्रुबजित कुँवर, कुलचन्द्र शर्मा, नवराज अधिकारी, प्रदिप काफ्ले, कमला गिरी, राजेश पहारी, प्रेम सुवेदी चयन भएका छन् । साधारणसभाले अध्यक्ष सल्लाहकारको रुपमा सन्तोष पोखरेललाई चयन समेत गरेको छ । हालको कार्यसमितिमा निवर्तमान अध्यक्ष पोम नारायणश्रेष्ठ सहित १५ सदस्य रहने छ । कार्यसमितिको कार्यकाल दुई बर्षे रहनेछ ।